२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पारस, वसन्त र ऐरीले इपिएल नखेल्ने


बिर्तामोड, असोज ५ । असोज ९ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासिहत स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नखेल्ने भएका छन् ।

चौथो संस्करणको इपिएलमा उनीहरुको नाम कुनै पनि टिममा छैन । पारसले दुई महिनाअघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । तर, उनले राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि घरेलु क्रिकेट खेल्ने बताएका थिए ।

त्यस्तै, वसन्त गत चैतदेखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन् । काठमाडौँ किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह भने चोटका कारण खेल्न नसक्ने भएका हुन् ।

इपिएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । इपिएलको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्दै आएका थिए । पारसकै कप्तानीमा विराटनगरले २०१७ मा इपिएलको उपाधि जितेको थियो ।

वसन्तसँगै अमेरिकामा माइनर क्रिकेट लिग खेलेका पृथु बास्कोटा पनि इपिएल खेल्ने सूचीमा छैनन् । पृथु पोखरा राइनोजमा अनुबन्ध भएका थिए ।

इपिएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौँ किंग्स ११ सँग खेल्नेछ । इपिएलमा ललितपुर र काठमाडौँसहित विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक इपिएलमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, बंगलादेशका सफल ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका पूर्वकप्तान तथा ओपनर उपु थरंगा र अहिलेका राष्ट्रिय टिमका खेलाडी असेला गुनरत्ने, वेस्ट इन्डिजका केसरिक विलियम्स र हेमराज चन्द्रपल, जिम्बावेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद शाहजाद र रहमानुलल्ह गुर्बाज जस्ता खेलाडी खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer