२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा महिला फुटबल हुने


बिर्तामोड, असोज ८ । महिला फुटबलले झापामा फड्को मार्न नसकिरहेको अवस्थामा झापाको दमकमा पहिलो संस्करणको रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

दमकमा रहेको रोयल स्पोर्टिङ क्लबले दसैँ र तिहारको अवसरमा महिला फुटबलको प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । यही कात्तिक ९ देखि १७ गतेसम्म हुने प्रतियोगिता दमक नगरपालिकामै पहिलोपटक हुन लागेको क्लबका सचिव इजु तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले २० हजार ट्रफी मेडल पाउने छन् । प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका क्लबको सहभागिता रहनेछ क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer