२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका ब्यान्ड सदस्यहरु संगठित


बिर्तामोड, असोज ८ । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् ।

ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा अर्जुन दाहाल महासचिवमा भुवन आले मगर, र कोषाध्यक्षमा बिपासा बज्राचार्य चयन भएका छन् ।

त्यस्तै, सहकोषअध्यक्षमा जोनी योञ्जन, सचिवमा आशा गुरुङ, एलिन लिम्बू र एकराज क्षेत्री छन् भने सदस्यहरुमा हिलिहाङ लिम्बू, दिपेन राजवंशी (थेपु), फिरोज राई, पवन तामाङ, बिमल लिम्बू, अदेश पौडेल, राउल राई र विश्वास उप्रेती चयन भएका छन् ।

भेलाले झापा जिल्लाभरिका नगर र गाउँमा समिति निर्माण गरी संगीत क्षेत्रलाई थप संगठित बनाउने र कार्यक्रमहरु घोषण गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer