२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इपिएलमा विराटनगरको पहिलो जित


बिर्तामोड, असोज १७ । पहिलो जित निकाल्ने क्रममा विराटनगर वारियर्सले आजको पहिलो खेलमा काठमाडौँ किंग ११ लाई ७ रनले पराजित गरेको छ ।

एभरेस्ट प्रिमियर लिगको आजको खेल वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको थियो । खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो ।

विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौँ नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले १६ बलमा नटआउट पाँच छक्का र दुई चौकाको सहायताले ४५ रन जोड्दै विराटनगरको स्कोरलाई १०४ रन पु¥याए । उनले अन्तिम ओभरमा तीन छक्का हाने ।

विराटनगरका लागि सौरभ खनालले नटआउट पाँच रन जोडे । ओपनर रेयान पठानले ११ बल खेलेकोमा दुई चौका र ३ छक्कासहित ३० रन बनाए । दोस्रो ओभरको अन्तिम बलमा गुलशन झाको बलमा उनी क्याच आउट भए । तेस्रो ओभरको तेस्रो बलमा आसिफ शेख दुई रन बनाएर पेवेलियन फर्खिए । लगत्तै चौथो बलमा लिशान मुनावीरा पनि १ रन बनाउँदै पेवेलियन फर्किए ।

चौथो ओभरको पाँचौँ बलमा सिकन्दर राजा पनि चार रनको व्यक्तिगत स्कोर बनाएर पेवेलियन फर्किए । लगातार विकेट झरिरहेको अवस्थामा कप्तान करण केसी र अनिल साहले विराटनगरको स्कोरलाई उकासे । सातौँ ओभरको तेस्रो बलमा कप्तान करण केसी रनआउट भए । उनले ११ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। काठमाडौँका लागि गुलशन झा, सन्दीप लामिछाने र रेयान वुर्लले एक÷एक विकेट लिए ।

१०५ रनको लक्ष्य लिएर क्रिजमा उत्रिएको काठमाडौँले निर्धारित ८ ओभरमा ९७ रन जोड्यो । काठमाडौँका लागि रहमुल्लाह गुर्वाजले १५ बलमा २८ रन जोडे । त्यस्तै, राजु रिजाल नटआउट १५ बलमा २४ रन, सुवास खकुरेलले नटआउट १० बलमा २६ रन जोडे। त्यस्तै वुर्लले १५ रन जोडे । विराटनगरका लागि प्रतिस जीसीले १ र रेयान पठानले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer