२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वफिफा रेफ्री खत्रीको निधन


बिर्तामोड, असोज १८ । घरेलु फुटबलका चर्चित रेफ्री तथा पूर्वफिफा रेफ्री लब खत्रीको निधन भएको छ ।

सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि बाथरुम छिरेको र त्यहीँ लडेर अचेत भएपछि अस्पताल लगिएको थियो । बाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।

५० वर्षीय खत्री पछिल्लो समय रेफ्री इन्स्ट्रकरका रुपमा सक्रिय थिए । उमेर हदका कारण सन् २०१८ मा उनले फिफा रेफ्री छाड्न परेको थियो । उनले ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए । उनका श्रीमती र १ छोरा छन् ।

खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनी करिब डेढ दशक रेफ्रीको भूमिकामा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer