२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि रिभरसाइड युथको जोडीलाई


अतिथिबाट पुरस्कार ग्रहण गर्दै रिभरसाइड युथका खेलाडीहरु ।

बिर्तामोड, असोज १९ । अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ ।

आज महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स कम्पनी काँकरभिट्टाका प्रनिससिंह ठकुरी र सत्यम सुब्बाको जोडीलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । रिभरसाइडका नविन र एसियाले ठकुरी र सुब्बाको जोडीलाई २१–१४, १९–२१ र २१–१४ को सेटले जितेको हो ।

उपाधिसँगै रिभरसाइडका खेलाडीले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो स्थानका जनरल इन्स्युरेन्सका खेलाडीले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । तेस्रो हुने भोजबहादुर गुरुङ र उत्तम सिंखडाको जोडी तथा दिवस शंकर र ज्ञानेन्द्र तामाङको जोडीले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी, भेट्रान्स डबल्सतर्पm सन्तोष मोक्तान र अनिल थाम्सुहाङ फिदिमले झापा बिर्तामोडका सञ्जय भक्तराज र बिसन राईको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा हराउँदै उपाधि चुमेको छ ।

जितसँगै सन्तोष र अनिलले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए भने उपविजेता भक्तराज र राई १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा सीमित भए ।

पुरस्कार ग्रहणपछि जेसिज डबल्स र भेट्रान्स डबल्सका खेलाडी ।

तेस्रो स्थानमा रहेका बिर्तामोडका जीवन बोगटी र उत्तम सिंखडा तथा झुम्काका भजनलाल चौधरी र तेजनारायण चौधरीको जोडीले १० हजार रुपैयाँमा चित्त बुझाए ।

त्यस्तै, जेसिज समूहअन्तर्गत भएको अर्को फाइनल खेलमा बेलबारी जेसिजका हेम गुरुङ र विकास श्रेष्ठको जोडील सोही क्लबका ज्योतिहाङ राई र दिनेश पन्तको जोडीलाई हराउँदै उपाधि जित्यो ।

विजता जोडीले २१–१८, १४–२१ र २१–११ को सेटले हराउँदै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता जोडीले नगद ८ हजार र प्राप्त गर्यो ।

तेस्रो भएको कमलनगर जेसिजका सुमन अधिकारी र अभिनाश राईको जोडी तथा टंकीसिनवारी जेसिजका शशि चौधरी र प्रेम राईको जोडीले नगद ७ हजार, हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

तीन दिनसम्म भएको प्रतियोगितामा देशभरका ९७ जना खेलाडी सहभागी रहेको थिए । खेल प्राविधिक विशाल खेतानका अनुसार एनजिओले आयोजना गरेको प्रतियोगितामा १ नम्बर प्रदेशमै पहिलोपटक टाइसिट र ड्र टुर्नामेन्ट सफ्टवयरबाट बनाइएको थियो ।

आयोजक अर्जुनधारा जेसिजका अध्यक्ष जीवन खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख हरिकुमार राना, अतिथिहरु नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष विनोद बस्नेत, समाजसेवी कुमार हाङछेन, केदार गिरी, नगर खलकुद विकास समिति अध्यक्ष अर्जुन मेचेलगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer