२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पोखरालाई हराउँदै चितवन इपिएलको फाइनलमा


बिर्तामोड, असोज २० । पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बुधवार बिहान भएको पहिलो क्वालिफायरमा टस जितेर फिल्ड रोजेको चितवनले पोखरालाई १५ ओभरमा ६६ रनमा समेट्यो। 

चितवनले एक विकेटको क्षतिमा ७३ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो।  दुई सुरुवाती ब्याट्सम्यानले ७ ओभरमा ६३ रन जोडे। ७.१ ओभरमा मोहम्मद शाहजादले २६ बलमा ४८ रन जोडेर नन्दन यादवले आफ्नै बलमा क्याच आउट पारे। त्यसपछि तेस्रो क्रममा आएका व्याट्स म्यान करिम जनतले पहिलो बलमा चौका हान्दै चितवनका लागि लक्ष्य पूरा गरे।  

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको पोखराको ब्याटिङ लाइन त्यसपछि धारासाही भयो। पोखराका लागि ओपनर रिचर्ड लेवी १२ बलमा १९ रन बनाउँदा ४.६ ओभरमा सोमपाल कामीबाट बोल्ड आउट भए। त्यस्तै दोस्रो क्रमका ब्याट्सम्यान सुनिल धमला ७.६ ओभरमा सागर ढकालबाट बोल्ड आउट भए। 

त्यसपछि निरन्तर रुपमा पोखराका ब्याट्सम्यान पेवेलियन फर्किए। पोखराका लागि सुशन भारीले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। कप्तान भण्डारी शाहव आलमको बलमा एलवीडब्लुको सिकार हुँदै डक आउट भए। त्यस्तै नन्दन यादवलाई पनि आलमले डक आउट गरे। यादवलाई बलर आलमले क्याच गर्दै पेवेलियन फर्काए। त्यस्तै लोकेश वम ५, विक्रम सोव र साहान आर्चचिगे ३/३ रन लिँदा विवेक यादव २ र असेला गुनरत्ने १ रनमा बनाउँदै पेवेलियन फर्किए। 

चितवनका लागि सागर ढकाल र शाहव आलमले ४/४ विकेट लिँदा करिम जनत र सोमपाल कामीले १/१ विकेट लिए।  

अब दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर र काठमाडौं किंग ११ बीच आजै खेल हुँदै छ। फाइनल प्रवेशका लागि यि दुई बिचको खेल जित्ने टोली पोखरासँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer