२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भूतपूर्व फौजी च्यालेन्ज कप हुने


बिर्तामोड, असोज २२ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा प्रहरीहरु सम्मिलित फुटबल प्रतियोगिता हुने भएको अध्यक्ष डिके गुरुङले जानकारी दिए ।

नेपाल तथा भारतका छ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ । प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छन् भने उपविजेता टिमले ७१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए ।

खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन् । उच्च गोलकर्ताको पुरस्कार ६० वर्षभन्दा माथिका खेलाडीले मात्र पाउने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer