२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नरेन्द्रको चार गोलमा झापाको सुखद सुरुआत


बिर्तामोड, कात्तिक ९ । नरेन्द्रमणि लिम्बूको चार गोल मद्दतमा झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा विजय युथ हेटौडालाई झापाले ५–१ गोल अन्तरले हरायो । झापाको जितमा लिम्बूले ४ र श्यामकुमार गोलेले एक गोल गरे ।

हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए । जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो । हेटौडाले २ खेलमा ३ अंक जोडेको छ ।

प्रतियोगितामा २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् ।

त्यस्तै, विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer