२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तमु ल्होसार महिला फुटबल प्रतियोगिता हुने


बिर्तामोड, मंसिर २० । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके गुरुङले जानकारी दिए । आज बिर्तामोडमा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे बताएको हो ।

दोस्रो संस्करणको प्रतियोगितामा १ नम्बर प्रदेशका ५ र भारतका ३ टिमको सहभागिता रहने जनाइएको छ । नेपालबाट झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ र उदयपुर तथा भारतबाट सिक्किम, दार्जिलिङ र सिलिगुडी टिमहरु आउने गुरुङले बताए ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने ट भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा २०७६ सालबाट प्रतियोगिता आयोजना हुँदै आएको छ । गत वर्ष भने कोभिडका कारण भएको लकडाउनले खेल प्रभावित भएको थियो ।

पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष राजु गुरुङ, सचिव कुमार गुरुङ, प्रशिक्षक दिपन लिम्बू, टिम व्यवस्थापक शिव लिम्बू, किरण लिम्बू, चन्द्र तिम्सिना, मुना विष्टको उपस्तिति रहेको थियो ।

यसैबीच, बिर्तामोड फुटबल क्लबकै आयोजनामा यही मंसिर २३ गतेदेखि किशोरी खेलाडीहरुलाई निःशुल्क प्रशिक्षण दिइने भएको छ । महिला फुटबलको विकासका लागि प्रशिक्षण सुरु गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer