२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अलैँचीका चार उत्पादनसहित बजारमा आयो एभरेस्ट लार्ज कार्डमम


बिर्तामोड, मंसिर २० । नेपालमै पहिलोपटक नेपाली अलैँचीको प्रसोधन तथा उत्दपान गरी बिक्री सुरु गर्ने उद्देश्यसाथ एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएको छ ।

आज उद्योग रहेको अर्जुनधारा ८ कप्तानबारीमा एक कार्यक्रमको आयोजना गरी विधिवत उद्घाटन गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल र उद्योगको उत्पादन मिजाज ब्रान्डकी ब्रान्ड एम्बसेडर अभिनेत्री स्वस्तिमा खड्काले उद्योगको उद्घाटन गरेक हुन् ।

पहाडी जिल्लामा उत्पादन हुने काला सुन र मसलाको रानी नामले परिचित नेपाली परिचय बोकेको कृषि उपज अलैँचीलाई गुणस्तरीय उत्पादन गरी विश्वबजारमा पुर्याउनका लागि झापामा एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि स्थापना भएको हो ।

झापाका युवा व्यवसायी निर्मल भट्टराई, सञ्जीव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको संयुक्त ७ करोडको लगानीमा कम्पनी सञ्चालनमा आएको हो ।

नेपालमा उत्पादन हुने उत्तम कोटीको अलैँचीलाई छनेर खानालाई स्वादिष्ट बनाउने र पेय पदार्थको स्वाद सुगन्धमा समेत निखार ल्याउने विश्वासका साथ कम्पनी स्थापना गरिएको हो ।

त्यस्तै, रक्तचापलाई सन्तुलन राख्ने, ब्याक्टेरिया संक्रमणबाट प्रतिरक्षा गर्ने, शारिरिक उर्जामा अभिबृद्धि गर्दै छालामा चमक ल्याउने, श्वासलाई निरन्तर ताजा बनाई दाँतको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जस्ता औषधियुक्त गुणहरु समेत रहेको जनाइएको छ ।

अलैँचीलाई प्रशोधन गरेर तयार पारिने मिजाज माउन्टेन पल्र्स, मिजाज अलैँची पाउडर, मिजाज अलैँची दाना र मिजाज अलैँची नामका चारवटा उत्पादनहरु सुरु भएको प्रालिका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

माउन्टेन पर्ल्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैँची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो विशेषगरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् ।

नेपालमा उत्पादन हुने अलैचीको भण्डारण र बिक्री बितरण हुने मुख्य थलो बिर्तामोडमा केन्द्रित आफ्नै ब्रान्डिङ र लेबलिङमा मुलुककै पहिलो उद्योग स्थापित भएको कम्पनीकोे दाबी छ । उत्पादित परिकार तेस्रो मुलुकमा निर्यात हुँदा मूल्य अभिबृद्धि भएर त्यसको प्रत्यक्ष प्रभाव किसानसम्म पुग्ने कम्पनीको विश्वास छ ।

मिजाज अलैँची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैँची दाना उच्चस्तरीय अलैँची दानालाई प्रशोधित गरी सर्वोत्तम गुणस्तर तयार पारिएको प्रबन्ध निर्देशक सञ्जीव घिमिरेले बताए ।

त्यस्तै, मिजाज अलैँची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ । मिजाज अलैंची, १००, २००, ५०० ग्राम र एक केजीको प्याकेटमा उपलब्ध रहेको छ ।

कम्पनीका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अभिनेत्री खड्का, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, महासंघ १ नम्बर प्रदेश सदस्य विनोद बस्नेत, कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । स्वागत कम्पनीका प्रबन्ध निर्देशक घिमिरेले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer