२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यु–१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त


बिर्तामोड, मंसिर २१ । नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त भएका छन् ।

युनाइटेड अरब इमिरेट्समा हुने एसिसी यु–१९ एसिया कपको बन्द प्रशिक्षण सुरु हुनुभन्दा एक दिनअघि ठकुरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले ठकुरी मुख्य प्रशिक्षकमा नियुक्त भएको बताए । नेपाली टोलीले बुधबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।

ठकुरीकै प्रशिक्षणमा लुम्बिनीले आइतबार सम्पन्न वाइवाइ यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एक दिवसीय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।

क्यानले बन्द प्रशिक्षणको लागि अहिले २० खेलाडीलाई टोलीमा समावेश गरेको छ । यु–१९ एसिया कपका लागि ३ वा ४ दिनभित्रै अन्तिम १५ जनाको टोली घोषणा गरिने कार्यवाहक सचिव मल्लले जानकारी गराए ।

मल्लका अनुसार बन्द प्रशिक्षण प्रतियोगितामा सहभागिता जनाउनु एक दिन अघिसम्म जारी रहनेछ । प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ ।

एसिया कप युएइमा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएइ, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer