२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एनआरटीसँग सातदोबाटो स्तब्ध


????????????????????????????????????

बिर्तामोड, मंसिर २५ । सहिद स्मारक ‘ए’ डिभिज लिगमा नव प्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ । चौथो राउन्डको खेलमा सातदोबाटो न्युरोड टिम (एनआरटी) १–० ले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १६औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिकलाई एनआरटीका डिफेन्डरले क्लियर गर्दै बचाए । ३९औँ मिनेटमा एरिक विष्टको पेनाल्टी बक्सबाहिरको प्रहार पिटर सेगुनलाई लाग्दै बाहिरियो ।

४४औँ मिनेटमा स्टेफन समिर विनोङको प्रहारलाई सातदोबाटोको कप्तान मानबहादुर तामाङले बचाउँदा एनआरटी अग्रता लिनबाट चुक्यो । दोस्रो हाफको बल चलेको १५ सेकेन्डमै स्टेफन समिर विनोङले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । करण रावतको मिस पासलाई मेसुके ओलुमोउले नियन्त्रणमा लिदै दिएको पासमा स्टेफनले सहजै जाली चुमाएका थिए ।

५९औँ मिनेटमा स्टेफन समिरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए । ६७औँ मिनेटमा दिपेश घलेको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट आकासिदा एनआरटी अग्रता लिनबाट चुक्यो । ८३औँ मिनेटमा अजायी मार्टिन्सको क्रसलाई विवेक गुरुङले क्लियर गर्दै बचाए ।

पहिलो हारसँगै सातदोबाटोले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । सातादोबाटो ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानम रहेको छ । लिगमा पहिलो जित निकालेको एनआरटी ४ खेलबाट ५ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer