२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

तमु ल्होसार महिला फुटबलः आयोजकद्वारा प्रशिक्षण सुरु


बिर्तामोड, मंसिर २७ । यही पुस ८ गतेदेखि हुन लागेको तमु ल्होसार महिला फुटबल प्रतियोगिताका लागि आयोजकले आफ्नो टिमको प्रशिक्षण सुरु गरेको छ ।

आयोजक बिर्तामोड फुटबल क्लबले टोलीको प्रशिक्षण आइतबारदेखि सुरु गरेको हो । प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा स्मिता राई, सुनिता राई, सृष्टि बुढाथोकी, मनिका तामाङ, रमना गुरुङ, मनिका घले, कञ्चन बिमली, अनिसा लिम्बू, संगीता खड्का, सपना लिम्बू, मीरा दुमी राई र मनिष खवास छन् ।

उनीहरुलाई प्रशिक्षक दिपन लिम्बूले डोमालाल राजवंशी रंगशालामा प्रशिक्षण दिइरहेका छन् । तमु ल्होसार पर्वको अवसरमा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका सहित छवटा टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष डिके गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने ट भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer