२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कतार विश्वकप फुटबलका लागि तयार


बिर्तामोड, पुस ६ । एसियाली राष्ट्र कतारले अर्काे वर्ष आयोजना हुने फिफा विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपको तयारीलाई निरन्तरता दिइरहेको कतारले अरब कपको सफलातापूर्वक आयोजना गर्दै विश्वकपका लागि आफूहरू तयार भएको साबित गरेको छ ।

कतारले १०औँ संस्करणको अरब कपको सफलतापूर्वक आयोजना गरेको थियो । १८ डिसेम्बरमा भएको फाइनलमा अल्जेरियाले ट्युनिसियालाई हराउँदै उपाधि जितेको थियो । ११औँ संस्करणको अरब कप पनि कतारमै २०२२ मा हुने भएको छ ।

कतारले पहिलोपटक आयोजना गर्न लागेको विश्वकप नोभेम्बर २१ देखि १८ डिसेम्बर २०२२ सम्म हुनेछ । एसियामै हुन लागेको यो दोस्रो विश्वकप हो, यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकपको आयोजना गरेका थिए ।

प्रतियोगिता नोभेम्बर र डिसेम्बरमा आयोजना हुँदैछ, यसको अर्थ खेलाडीहरूले घरेलु लिगका खेलहरू छाडेर राष्ट्रिय टिममा सहभागी हुनुपर्नेछ । क्लब फुटबलका खेलहरू छोडेर आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै कतार आउनुपर्ने भएका कारण पनि यो संस्करणको विश्वकपलाई असामान्य लिइन्छ । अघिल्ला विश्वकपहरू जुन–जुलाईमा सुरु हुने गरेका थिए ।

आगामी वर्ष ५० हजार अथवा ६० हजार दर्शकहरू कतारका थुप्रै रंगशालाहरू भरिने छन् । विश्वकपका लागि कतारले आधुनिक स्टेडियमहरू तयार पारिरहेको छ ।

-हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer