![](https://jhapatoday.com/wp-content/uploads/2021/12/saf-1024x714.jpg)
बिर्तामोड, पुस ६ । सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन् ।
सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
पूर्वघोषणा अनुसार सरकारले खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा विभागीय मन्त्री महेश्वर गहतराज पनि सहभागी थिए ।
माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पहिलोपटक फाइनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित भएको थियो ।
खेलाडी ः किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरजज्यु ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा ।
प्रशिक्षक: अब्दुल्लाह अलमुताइरी, किरण श्रेष्ठ, विकास मल्ल
फिजियो: अविष्कार पुडासैनी
व्यवस्थापक: मधुसुदन उपाध्याय
-खेलपाटीबाट