२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

तमु ल्होसार महिला गोल्डकपः पथरी शनिश्चरे अन्तिम चारमा


बिर्तामोड, पुस ११ । उत्कृष्ट खेल पस्किँदै मोरङको पथरी शनिश्चरे महिला एफसी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मोरङले विदेशी टोली भारत कालिम्पुङको श्री फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २६ औँ मिनेटमा मोरङकी मुना मगरले गरेको सुन्दर गोल नै जीतका लागि पर्याप्त भयो । मनिषा विष्टको क्रसलाई मगरले गोलपोस्टको दिशा दिएकी थिइन् । त्यस्तै, खेलको ५१ औँ मिनेटमा मोरङकी केरेन लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

खेल अवधिभर कालिम्पोङमाथि मोरङ हावी देखिएको थियो । दोस्रो हाफमा कालिम्पोङ खेलमा फर्किन खोजे पनि गोल गर्न भने सकेन ।

खेलको प्लेयर अफ द म्याच मोरङकी मुना मगर भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer