२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

तेक्वान्दो संघको प्रदेश उपाध्यक्षमा बस्नेत


बिर्तामोड, पुस १५ । नेपाल तेक्वान्दो संघ प्रदेश १ को उपाध्यक्षमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत मनोनित भएका छन् ।

नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्य समेत रहेका बस्नेतलाई बुधबार नेपाल तेक्वान्दो संघ प्रदेश १ को उपाध्यक्षमा मनोनयन गरिएको हो । उनलाई संघका अध्यक्ष शैलेस विष्टले उपाध्यक्षमा मनोनयन गरेका हुन् ।

लामो समयदेखि झापाको बिर्तामोडलाई कार्यक्षेत्र बनाएर उद्योग–व्यवसाय एवम् सामाजिक क्षेत्रमा सक्रिय बस्नेत सयपत्री ट्रेड लिंकका प्रबन्ध निर्देशक हुन् । बस्नेत धेरै औद्योगिक–व्यावसायिक संगठनमा आबद्ध छन् भने दर्जनौँ सामाजिक संघ–संस्थामा उत्तिकै सक्रिय छन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ कार्यसमिति सदस्य, झापा गोल्डकपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, झापा उद्योग संघका कार्यसमिति सदस्य समेत रहेका बस्नेत मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव समेत रहेका छन् । बस्नेत नेपाल जेसीजको पूर्व कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज सन् २००४ को अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer