२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा


बिर्तामोड, पुस १५ । बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो पाँचथर र सुनसरी भिड्दैछन् ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लब र सुनसरीको धरान महिला फुटबल क्लब आमनेसामने हुँदैछन् ।

खेलको विजेताले नगद १ लाख ११ हजार १११ पाउनेछ । फाइनल प्रवेश गरेसँगै दुवै टोलीले कम्तिमा ५१ हजार सुरक्षित गरिसकेका छन् ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । पथरीलाई हराएसँगै उपाधि भिडन्तमा धरानसँग भेट भएको हो ।

धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरु एकै खेल जितेर फाइनल यात्रामा सफल भएका हुन् ।

६ टिम सहभागी प्रतियोगितामा पाँचथर र धरानले सोझै सेमिफाइनल खेल खेलेको थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer