२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गोल्डेन बुटको दौडमा सुनिल अगाडि


बिर्तामोड, पुस २० । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणको सकिँदा गोल्डेन बुट दौडमा मछिन्द्र क्लबका सुनिल बल पाँच गोलसहित शीर्ष स्थानमा छन् ।

सुनिलले पहिलो चरणमा एनआरटीविरुद्ध दुई गोल, तेस्रो चरणमा जावलाखेलविरुद्ध एक गोल, छैटौँ चरणमा मनाङविरुद्ध एक गोल र सातौँ चरणमा पुलिस क्लबविरुद्ध एक गोल गरेका थिए ।

लिगको सातौँ चरणमा नेपाल पुलिस क्लबविरुद्ध १–० को जित निकाल्दा सुनिलले नै निर्णायक गोल गरेपछि मछिन्द्रले एएफसी कप छनोट यात्रा तय गरेको थियो ।

एएफसीले निर्धारित गरेको समय सीमाभित्र नेपाली लिग समाप्त नहुने भएपछि लिगका क्लबहरुले सर्वसम्मतिमा सातौँ चरणसम्म शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्ने भएको हो । यसैकारण पुलिसविरुद्ध जित निकालेको मछिन्द्र एएफसी कप २०२२ मा छनोट भएको हो ।
खासमा, एएफसी कपमा लिग विजेता टोलीले स्थान बनाउने नियम छ । नेपाली लिग सकिन अझै ६ चरणका खेल बाँकी नै छन् ।

लिगमा सर्वाधिक गोल गर्ने ११ खेलाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer