२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ए डिभिजिन लिगको सातौँ चरणसम्म मछिन्द्र शीर्ष स्थानमै


बिर्तामोड, पुस २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ चरणका खेलहरू सकिँदा सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ ।

मछिन्द्रका लागि सातौँ चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा हारेको अवस्थामा मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउने अवसर गुमाउने थियो । तर, पुलिसलाई १–० गोलको नतिजामा पराजित गर्दै तालिकाको शिर्ष स्थानमा रहेर एएफसी कप छनोट खेल्ने पक्का गरेको थियो ।

सातौँ चरणको समाप्तिसम्म ४९ खेल भए । सातौँ चरणका सात खेलमा कुल १३ गोल भएका छन् । जसमध्ये, फ्रेन्डस क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलमा सर्वाधिक ५ गोल भए । उक्त खेलमा एनआरटीले फ्रेन्डसलाई ३–२ गोलको नतिजामा पराजित गरेको थियो ।

दशरथ रंगशालामा भएको सातौँ चरणको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले १–१ गोलको बराबरी खेलेका थिए । तेस्रो खेलमा थ्री–स्टार क्लब र जावलाखेल युथ क्लबको खेल पनि १–१ गोलको नतिजामा सकिएको थियो ।

त्यस्तै, पोखरा रंगशालामा भएको चौथो खेलमा मनाङ मस्र्याङदी क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध १–० गोलको नतिजामा जित निकालेको थियो । पाँचौँ खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

सातौँ चरणको अन्तिम खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब हिमालयन शेर्पासँग १–० गोलको नतिजामा पराजित भएको थियो ।

सातौँ चरणको सामप्तिमा मछिन्द्र १७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । मनाङ १६ अंकसहित दोस्रो स्थानमा, संकटा १३ अंकसहित तेस्रो स्थानमा छ । सात खेलबाट समान ११ अंकसहित आर्मी चौथो र शेर्पा पाँचौँ स्थानमा छ । समान १० अंकसहित थ्रि–स्टार छैठौँ स्थानमा र गोल अन्तरका आधारमा एनआरटी सातौँ स्थानमा छ ।

आठ अंकसहित सातदोबाटो आठौँ, जावलाखेल सात अंक जोडेर नवौँ स्थानमा रहँदा समान ६ अंक जाड्दै एपिएफ १०औँ र पुलिस ११औँ स्थानमा छन् । पाँच अंकसहित ब्रिगेड १२औँ स्थानमा छ । च्यासल पाँच र फ्रेन्ड्स तीन अंक जोड्दै रेलिगेसन जोनमा छन् ।

एन्फाले सर्वजानिक गरेको तालिकाअनुसार आठौँ चरणको खेलहरू शुक्रबारदेखि सुरू हुनेछ । लिगमा जम्मा १३ चरणका खेलहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer