२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

मरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने


बिर्तामोड, पुस २२ । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । नेपालले अफ्रिकी राष्ट्र मरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीको सूची
किरणकुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), सत्रुघन चौधरी (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरूङ, देवेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डाँगी, नविन गुरूङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई र तेज तामाङ

Adv footer