२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-५ मा खेलकुद प्रतियोगिता सुरु


बिर्तामोड, पुस २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।

आज एक कार्यक्रमका बीच वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रमुख अतिथि राजेन्द्रप्रसाद लिङदेनले प्रतियोगिताको उद्घाटन गरे । समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरुका लागि आत्मरक्षा तालिमको सुरुवात गर्दै प्रतियोगिताहरुको उद्घाटन गरिएको हो ।

कार्यक्रममा करातेका वरिस्ठ प्रशिक्षक तथा राष्ट्रिय खेल्कुद परिषदका निवर्तमान प्रमुख प्रशिक्षक मदन उप्रेती, वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत विप्सा खरेलले गरेकी थिइन् भने सञ्चालन समिति सचिव वेदप्रकाश अग्रवाल (विशाल) ले गरेका थिए ।

चैत ३ गतेसम्म सञ्चालन हुने बृहत खेल प्रतियोगितामा विभिन्न आठवटा खेल सहभागी गराइएको समितिका अग्रवालले जानकार दिए । प्रतियोगिताका विजेता टिमले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताअनुसार माघ ८ गते महिला तथा पुरुष भलिबल, माघ १५ गते वडास्तरीय सुपर सिक्स क्रिकेट, माघ २९ गते वडास्तरीय फुटसल, फागुन २१ गते वडास्तरीय यु१९ फुटबल, फागुन २४ गते शारीरिक सुगठन, फागुन २८ गते सुपर ३० कार्यक्रम र चैत ३ गते महिला तथा पुरुष ३×३ बास्केट बल प्रतियोगिता आयोजना हुने अग्रवालले बताए ।

तीन महिनासम्म सञ्चालन हुने विभिन्न खेलका प्रतियोगिताले वडामा रहेका युवालाई खेलमार्फत अनुसाशन र स्वास्थ्य रहन मद्दत पुर्याउने समितिले विश्वास लिएको छ । वडामा खेलकुदको विकास र प्रबर्द्धनसँगै युवाहरुलाई सक्रिय बनाउन निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गरिने अग्रवालले बताए । यो वर्ष आयोजना हुन लागेको प्रतियोगिता दोस्रो संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer