झापा, माघ ३ । वीरता जेसीज वर्ष २०२२ ले पद हस्तान्तरणको पहिलो दिन नै सामाजिक कार्यको सरुवात गरेको छ ।
आज एक कार्यक्रमका बीच झापा शिवसताक्षी नगरपालिकाको ८ नम्बर वडामा रहेका विपन्न मनकुमार राईको परिवारलाई वीरता जेसीजले सहयोग प्रदान गरेको हो ।
महासचिव टिकाराम खतिवडाका अनुसार सो परिवारलाई चामल, दाल, तेल, नुन, खाजाका लागि बिस्कुटका साथै त्रिपाल प्रदान गरिएको थियो ।
वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आश्रित परिवारलाई नगद सात हजारसमेत हस्तान्तरण गरिएको थियो ।
जेसीज अगुवा सजेशकुमार शिवकाटीको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि पर्शुराम ढुंगानालगायतले वीरता जेसीजको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।