२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल, आयरल्यान्डसहित चार देशबीच टि२० आई सिरिज हुने


झापा, माघ ८ । नेपालले टेस्ट टोली आयरल्यान्डसहित चार टोली सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोटअघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, ओमान, आयरल्यान्ड र युएई गरी चार देशबीच हुने टि२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । चार देशले एक अर्काबीच सिरिज खेल्नेछन् । नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्ने छ । दोस्रो खेल फेबुअरी १२ मा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटअघि तयारको लागि उक्त सिरिज आयोजना हुन लागेको हो ।

फेब्रुअरी १५ देखि ग्लोबल छनोट ए सुरु हुनेछ । नेपाल, ओमान, फिलिपिन्स र क्यानडा समूह बी मा छन् । आयरल्यान्ड, बहराइन, जमर्नी र युएई समूह ए मा छन् । शीर्ष दुईदुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल सन् २०१४ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउने सोचमा छ ।

नेपालले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासँग खेल्ने बताइएको छ । यद्यपि, औपचारिक रुपमा खेल तालिका भने सार्वजनिक भएको छैन ।

नेपाली टोली:

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदिप ऐरी ।

Comments are closed

Adv footer