२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

श्रीलंकाविरुद्ध अस्ट्रेलियाली टोलीको घोषणा


झापा, माघ ११ । अस्ट्रेलियाले ओपनर डेविड वार्नर र मिचेल मार्सलाई बाहिर राख्दै अर्को महिना श्रीलंकाविरुद्ध हुने ट्वान्टी२० शृंखलाका लागि टोली घोषणा गरेको छ ।

श्रीलंकाविरुद्धको पाँच खेलको शृंखलाका लागि मुख्य प्रशिक्षक जस्टिन ल्याङगरको अनुस्थितीमा सहायक प्रशिक्षक एन्ड्रियु म्याकडोनाल्डले अस्ट्रेलियाको प्रशिक्षण सम्हाल्नेछन् ।

पाँच खेलको शृंखला फेब्रुअरी ११ देखी २० सम्म संचालन हुनेछ । तीब्र गतिका बलर जस हाज्लेउड भने श्रीलंकाविरुद्धको शृंखलाका लागि चोटमुक्त हुँदै टोलीमा फर्किएका  छन् ।

त्यस्तै बेन म्याकडोर्मेटले पनि १६ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer