२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको जनसंख्या ९ लाख ९४ हजार


झापा, माघ १२ । झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो ।

झापामा महिला ५ लाख १६ हजार ५९४ र पुरुष ४ लाख ७७ हजार ४९६ जना रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार १० वर्षमा १.९३ प्रतिशत जनसंख्या वृद्धि भएको छ । १० वर्षमा झापाको जनसंख्या १ लाख ८१ हजार ४४० ले बढेको छ ।

देशको कुल जनसंख्याको ३.४१ प्रतिशत जनसंख्या झापाको रहेको तथ्यांकमा उल्लेख छ । औषत परिवार संख्या ४.०४ रहेको विभागको विवरणमा उल्लेख छ । झापा देशकै धेरै जनसंख्या भएको चाथौ जिल्लामा परेको छ ।

नेपालमा सबैभन्दा बढी जनसंख्या काठमाडौमा (२० लाख १७ हजार ५३२ ) रहेको छ भने सबैभन्दा कम मनाङमा ५ हजार ६४५ जना रहेका छन् ।

बढी जनसंख्या भएका पाँच जिल्लामा काठमाडौं, मोरङ (११ लाख ४७ हजार १८६), रुपन्देही (११ लाख १८ हजार ९७५), झापा र सुनसरी (९ लाख ३४ हजार ४६१) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer