२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ फाइनलमा


झापा, माघ १३ । त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौँपटक उपाधि नजिक पुगेको हो ।

अब उपाधिका लागि मनाङले शनिबार अर्काे विभागीय टोली एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।

मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दिपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो ।

मनाङका फ्राङ्कलिन टेला, शिव गुरुङ, रुपेश केसी र कप्तान आफिज ओलावाले पेनाल्टीमा सफल भए । आर्मीका कप्तान भरत खवास, जर्ज फ्रिन्स कार्की र विवेक बस्नेतले पेनाल्टीमा गोल गरे ।

यसअघि खेलको निर्धारित समय र अतिरिक्त समय समेत गोलरहित बराबरीमा सकिएपछि खेल खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

खेलको पहिलो हाफमा मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । विमल रानाले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे ।

मनाङ र आर्मी दुबै आफ्नो मुख्य खेलाडीबिना मैदान उत्रिएका थिए । मनाङका कप्तान अन्जन विष्ट, रक्षक दिनेश राजवंशी, नितिन थापा, पुजन उपरकोटी राष्ट्रिय टोलीमा रहेका छन् ।

आर्मीका सन्तोष तामाङ, जगजित श्रेष्ठ मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका छन् ।
मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपिएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer