२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

टि२० विश्वकप छनोट : उद्‌घाटनमा नेपाल र ओमान भिड्ने


झापा, माघ १४ । आइसिसी विश्वकप टि–२० ग्लोबल छनोट ‘ए’ को उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार औपचारिक रुपमा टि–२० ग्लोबल छनोट ‘ए’ को खेल तालिका र समूह सार्वजनिक गरेको हो ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएइ गरी ८ टोली छन् । आइसिसीका अनुसार उद्घाटन खेल फागुन ६ मा हुनेछ ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टि–२० विश्वकपमा स्थान बनाउने छन् ।

ग्लोबल टि–२० विश्वकप छनोट ‘बि’ भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ । छनोट ‘बि’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।
ओमान भ्रमणको लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिसकेको छ । नेपाल फेब्रुअरी पहिलो साता ओमान जानेछ ।

नेपाली टोली:

सन्दीप लामिछाने (कप्तान), कुशल भूर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदिप ऐरी ।

Adv footer