२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसीज र क्रिएटिभ एकाडेमीद्वारा न्यानो कपडा प्रदान


झापा, माघ १७ । वीरता जेसीज र क्रिएटिभ इन्टरनेसनल एकाडेमीको संयुक्त आयोजनामा झापाको कचनकवल गाउँपालिकामा रहेको गगन आधारभूत विद्यालयका १५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

चिसो मौसममा बालबालिकालाई न्यानो कपडा वितरण गरेर पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले सामाजिक कार्यलाई अगाडि बढाउँदै वीरता जेसीजले गगन आधारभूत विद्यालयलाई छनोट गरेको अध्यक्ष प्रविण खड्काले जानकारी दिए ।

क्रिएटिभ इन्टरनेसनल एकाडेमीको स्थापना दिवसको अवसर पारेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले जानकारी दिए ।

क्रिएटिभ इन्टरनेसनल एकाडेमीका संस्थापक अध्यक्ष तथा वीरता जेसीजका सदस्य एजाज अहमद अन्सारीले कार्यक्रमको संयोजन गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सचिव नवीन विमली रहेका थिए ।

कार्यक्रममा कचनकवल गाउँपालिकाका पञ्जीकरण शाखाका सागर अधिकारी, शिक्षा शााखाका संयोजक छविलाल बस्नेत, योजना अधिकृत केशव मैनाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेल्कु राजवंशी, प्रधानाध्यापक लीलाबल्लभ भट्टराई, वडा नम्बर ७ का वडाध्यक्ष भरत राजवंशी, नारायण नेपाल, रोमसाम राजवंशी, कालेन्द्र राजवंशी, एसमुल हक लगायतको आतिथ्य रहेको थियो ।

तालिम संयोजक जनक खड्काले जेसीज आस्था वाचन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष कुशल खतिवडाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले सहयोग गरेको भन्दै प्रधानाध्यापक भट्टराईले धन्यवाद दिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer