२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार


झापा, माघ १८ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार आइएसए कार्यक्रमअन्र्तगत अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको छ ।

व्यावहारिक शिक्षा र प्रयोगात्मक शिक्षण प्रणाली आजको आवश्यकता’ भन्ने नारालाई मनन् गर्दै विद्यालयले विभिन्न कार्यक्रमहरु विद्यार्थी माझ ल्याउने क्रममा ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अवार्ड कार्यक्रम सन् २०१९–२०२० मा सञ्चालन भएको थियो ।

जसमा इस्ट होराइजनले प्रयोगात्मक परियोजना अन्तरगत सातवटा शीर्षकमा विभिन्न कक्षाका विद्यार्थीलाई परियोजना दिएको र सो परियोजना विद्यार्थीले सफलताका साथ सम्पन्न गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको नागरिक उत्पादन गर्ने र ग्लोबल सिटिजनका रुपमा आफ्ना विद्यार्थीको विकास गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम विद्यालयले आफ्ना विद्यार्थी माझ ल्याएको इस्ट होराइजनका संस्थापक प्रिन्सिपल सन्दिप राईले बताए ।

भोक र कुपोषण, साहित्यकार झमककुमारीको जीवनी, आधुनिक खेती एयर फोर्नक फार्मिङ र परम्परागत खेती, दुग्ध उत्पादन, सादरी एक अद्वितीय भाषा, वैकल्पिक प्रयोजन, पानीको महत्व गरी सातवटा शीर्षकमा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीले परियोजना गरेको संयोजक नविन दाहालले जानकारी दिए ।

परियोजना गर्ने क्रममा युके, भारत, पाकिस्तान, बंगलादेश लगायत विभिन्न राष्ट्रका विद्यार्थीसँग भिडियोमार्पmत आफूले गरेको परियोजना र शिक्षण सिकाइ गतिविधिका बारेमा एकआपसमा सहकार्य गरेर आदानप्रदान गरेका थिए ।

यसै सिलसिलामा कक्षा ५ का विद्यार्थीहरु सन् २०१९ मा अन्तर्राष्ट्रिय सहकार्य गर्ने क्रममा भारतको राजस्थानस्थित एचजिआइ अन्तर्राष्ट्रिय विद्यालयमा कार्यक्रमका निम्ति पुगेका थिए । शिक्षक तथा शिक्षिकाको राम्रो सहकार्य र एकताले नै आफूहरुले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको विद्यालय प्रमुख प्रशासक सावित्रा राईले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer