२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सातौँ नव ज्योति च्यालेन्ज कप हुने


झापा, माघ १९ । कोभिड १९ को जोखिमका कारण स्थगित भएको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता यो वर्ष हुने भएको छ ।

बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुरमा हुने सातौँ नव ज्योति च्यालेन्ज कप नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको छ । सातौँ संस्करण यही फागुन १३ देखि २० गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।

प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा आयोजक क्लबसँगै दार्जिलिङको मानेभञ्ज्याङ, इलाम, मोरङ, सुनसरीका २ वटा, झापा र काठमाडौँका आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः एक लाख ५० हजार रुपैयाँ र ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १२ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सोही कार्यक्रममा क्लबका जग्गादाता प्रेम बोहोराबाट पितृहरुको स्मृतिमा उपविजेतातर्फको नगद पुरस्कार ७५ हजार रुपैयाँ, क्लबका पूर्वखेलाडी हाल अमेरिकामा रहेका पारस चौलागाईंबाट ६ वटा खेलका म्यान अफ दि म्याचतर्फको नगद पुरस्कार ३० हजार रुपैयाँ र भरत खतिवडा, विप्लव भट्टराई र शोभित राईबाट फाइनल खेलको पाँच विधातर्फको नगद पुरस्कार २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा बुद्धशान्ति वडा नम्बर २ का अध्यक्ष दिलिपकुमार श्रेष्ठ, वडा सदस्य नेत्र गौतम, क्लबका संस्थापक सचिव ध्रुवकुमार ओली, जीवन पोखरेल, हरिराज कडरियालगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन अमिर श्रेष्ठले गरेका थिए । २०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer