२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

फागुन १ देखि विद्यालय खोल्ने तयारी


झापा, माघ २२ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासंघ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासंघ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतबारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

सरकारी अधिकारीहरूले फागुन १ गतेदेखि विद्यालय खोल्ने गरी तयारी गरेको जानकारी गराएका अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । आफूहरूले विद्यालय खोल्ने वा बन्द गर्ने सबै अधिकार पालिकालाई दिन माग गरेको पनि उनले बताए । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer