२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ए डिभिजन लिगः १०औँ चरणको खेल माघ २८ देखि


झापा, माघ २६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको १०औँ चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ ।

माघ २ गते नवौँ चरणका खेलहरुको खेलपछि ब्रेक गरेको लिग एन्फाले फेरि सुरु गर्न लागेको हो । एन्फाले मंगलबारदेखि १०औँ चरणका खेलहरु गर्ने गरी बाँकी रहेको चार चरणको खेलतालिका सार्वजनिक गरेको छ ।

एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार १०औँ र ११औँ चरणको खेल तीन दिनमै सकिनेछ । जसमा दुई दिन दुई–दुई खेल हुनेछ भने एक दिन तीन खेल खेलाइनेछ । तीन खेल हुने दिन सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि खेल हुनेछ भने अरु खेल दशरथ रंगशालमै हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार १०औँ चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।
एन्फाले नवौँ चरणसम्मका खेलहरु विकेन्डमा खेलाएको थियो । तर, अब बाँकी चरणका खेलहरु भने हरेक चरण सकिएपछि एक दिन ब्रेक हुनेछ र फेरि अर्को चरण सुरु हुनेछ ।

त्यसैले ११औँ चरणको खेल फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने १२औँ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ । १२औँ चरणको खेल चार दिन सञ्चालन हुनेछ ।

त्यस्तै, एन्फाले १३औँ चरणको खेल फागुन १२ देखि १४ गतेसम्म गर्ने जनाएको छ । तर खेल हुने स्थल र समय भने तय गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer