२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ब्रिगेडमाथि फ्रेन्ड्सको सानदार जित


झापा, माघ २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सानदार जित निकालेको छ ।

१०औँ चरणमा फ्रेन्ड्सले बिबिसीमाथि ५–२ को फराकिलो जित निकालेको हो । लिगमा फ्रेन्ड्सको यो पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४औँ मिनेटमा सुशील शाहले फ्रिकिकमार्फत करिब २० यार्ड परबाट गोल गर्दै फ्रेन्डसलाई अग्रता दिलाएका थिए ।

लिगमा ‘डेब्यु’ गरेकै दिन उनले गोल गरेका हुन् । बिबिसीका डेड्डी जुनियरले फ्रेन्डसका कप्तान नथानियल जुडे गर्सियालाई फाउल गरेपछि फ्रिकिक पाएको थियो ।

ड्याड्डी जुनियरले २५औँ मिनेटमा फ्रिकिकमार्फत नै गोल गर्दै बिबिसीलाई खेलमा फर्काएका थिए । फ्रेन्डसका डिफेन्डर असिम भुसालले ब्रिगेडका फरवार्ड भुवन बस्नेतलाई फाउल गरेपछि फ्रिकिक पाएको थियो ।

त्यसको दुई मिनेट नबित्दै स्याम्बाबु क्याप्चाकीले गोल गर्दै फ्रेन्ड्सलाई पुनः अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा निशेन सुब्बाको फ्रिकिकमा जमोउल एन्थोनी फ्रान्कोइसले ६ यार्ड बक्सबाट हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अवस्थामा पुर्याए ।

५८औँ मिनेटमा बिग्रेड ब्वाइजका रुडी जोनाथनको पासमा अनिल गुरुङले गरेको प्रहार पोलको छेउबाट बाहिरियो । ६८औँ मिनेटमा बिग्रेड ब्वाइजका दोर्जे तामाङले हानेको फ्रिकिक फ्रेन्डस क्लबका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च आउट गरिदिए ।

७६औँ मिनेटमा प्रिजेन तामाङको क्रससमा जामोल एन्थोनी पर्लले फ्रेन्डस क्लबका लागि चौथो गोल गरे । ७८औँ मिनेटमा प्रिजेनकै पासमा सुशील शाहले फ्रेन्डस क्लबको लागि पाँचौँ गोल गरे ।

फ्रेन्ड्ससामु निरीह बनेको ब्रिगेडका लागि अनिल गुरुङले खेलको ८६औँ मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए । प्रिजेन तामाङले ब्रिगेडका रुडी जोनाथानलाई पेनाल्टी एरियामा फाउल गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो ।

जितसँगै १० खेलबाट ६ अंक जोडेको फ्रेन्ड्स तालिकाको १२औँ स्थानमा उक्लिएको छ । समान अंक जोडेको बिबिसी भने १३औँ स्थानमा झरेको छ । ५ अंक जोडेको च्यासल युथ क्लब पुछारमा पुगेको छ । च्यासलले एक खेल कम खेलेको छ ।

खेलमा फ्रेन्ड्सका सुशील प्लेयर अफ दि म्याच चुनिए । इमर्जिङ प्लेयर फ्रेन्ड्सका आकाश थापा चुनिए । ‘फिफा डे’ को कारण रोकिएको लिगको १०औँ चरण शुक्रबारदेखि सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer