२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

समाजसेवामा समर्पित युवा दिपेन


बिर्तामोड, फागुन ३ । झापा अर्जुनधारा-९ का युवा दिपेन धिमाल किशोर उमेरदेखि नै समाजसेवामा व्यस्त छन् । हाल २२ वर्षका उनी आफ्नो क्षेत्रका दीनदुःखीको पीडामा मलम बनेर उदाइरहेका छन् ।

कोभिड महामारीमा होस् या अन्य विपदमा उनी असाहयको सेवामा जुटिहाल्छन् । आफ्नो खेलजीवनसँगै उनी सामाजिक काममा जिम्मेवार छन् । उनले गाउँ समाजमा आएका हरेक समस्याको सामधान गर्दै आइरहेका पनि छन् ।

कोभिडको महामारीका बेला धिमाल एक नायक बनेर हरेक घरमा राहत बाड्ने गर्थे । उनले दुईपटककै लकडाउनका बेला २७० परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेका थिए । चामल, दाल, नुनलगायत सामग्री धिमालले प्रदान गरेका थिए ।

उनले बिरामीहरुको लागि अटोलाई एम्बुलेन्स सेवा बनाएर सहयोग गरेका थिए । अटो एम्बुलन्स सेवाबाट १९० जनाले सेवा पाएका थिए । यसपालिको जाडोको मौसममा उनले ५६ घरमा न्यानो कपडा आफ्नै खर्चमा बाँडेका थिए ।

न्यानो कपडा बाँड्ने क्रममा एउटा परिवार अतिविपन्न भेटिएपछि धिमालले घर निर्माण समेत गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer