२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पाँचौँ झापा गोल्ड कपको गीत, मस्कट र नारा सार्वजनिक


बिर्तामोड, फागुन ५ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर झापा गोल्ड कप आयोजक समितिले गीत, मस्कट र नारा सार्वजनिक गरेको हो ।
झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

गीतकार वसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका छन् भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।

त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् ।

यो वर्षको झापा गोल्डकपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो सान’ तय गरिएको छ । झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ यो नारा सार्वजनिक गरिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

झापाबासीकै प्रतिष्ठासँग जोडिएको सो प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी, व्यवसायी, पत्रकार साथीहरुलाई साथ र सहयोगको लागि अपील पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा झापा गोल्ड कपका अध्यक्ष बस्नेतले भने, ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व सहितको रचनात्मक कार्यहरुमा यस संस्थालाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer