२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

ओमनमाथि नेपालको सानदार जित


बिर्तामोड, फागुन ६ । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ ।

घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात गरेको हो । कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले सहज जित निकालेको हो ।

ब्याटिङमा कमजोर प्रदर्शन गरे पनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ योसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

११८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो ।

त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् ।

हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer