२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

टाइटल स्पोन्सरका रुपमा नेपाल आइस र झापा गोल्डकपबीच सम्झौता


बिर्तामोड, फागुन ८ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ र चौधरी ग्रुपको उत्पादन नेपाल आइसबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ ।

हस्ताक्षरसँगै अब ‘नेपाल आइस पाँचौँ झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज चारपानेस्थित सहारा नेपाल साकोसको सभाहलमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र नेपाल आइसका तर्फबाट ब्रान्डिङ तथा मार्केटिङ सिनियर मेनेजर मनीष सिंहले हस्ताक्षर गरे ।

प्रतियोगिता यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए । केही दिनमै खेलतालिका सार्वजनिक गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer