बिर्तामोड, फागुन १३ । झापा बिर्तामोडका सक्रिय तथा जुझारु युवाहरुको सामाजिक संस्था पूर्वेली युवा क्लबको अध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् ।
बिर्तामोडमा आज सम्पन्न संस्थाको पाँचौँ साधारणसभाबाट श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा दिपेन चौधरी, योगेश गिरी, कुशल खतिवडा र प्रकाश सुवेदी चयन रहेका छन् ।
त्यस्तै, समितिको सचिवमा दिवाकर प्रसाईं र विकास बस्नेत, सहसचिवमा नवराज रेग्मी र शारदा दाहाल चयन भएका छन् भने कोषाध्यक्षमा सुरज खड्का चयन भएका छन् ।
समितिको सदस्यमा दिपेश चौधरी, राजीव गुरुङ, आकाश चौधरी, बिकी चौधरी, अमृत चौधरी, सजेश लिम्बू, सर्फराज अली, विपिन गिरी, रमेश शेर्पा, किरण गुरुङ, विजय तामाङ, खुम खड्का, विश्वास कार्की, अजय चौधरी, किरण संग्रौला, दिनेश चौधरी, प्रकाश चौधरी, गंगा गिरी, उमेश चौधरी, अशोक चौधरी लगायत रहेका छन् ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतको प्रमुख आतिथ्यिता तथा क्लबका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा क्लबको पाँचौँ साधारणसभा सम्पन्न भएको थियो ।
सभाले क्लबको सल्लाहकारमा विनोद बस्नेत, आदित्य पराजुली, सुरेश आले, रमेश चौधरी, सन्तोष उप्रेती, मनोज बुढाथोकी, राजेन्द्र उप्रेतीलाई सल्लाहकार समितिमा चयन गरेको छ । कुशल खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रकाश सुवेदीले गरेका थिए ।
यसैबीच, क्लबलाई लागुऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा काम गर्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले झापा गोल्डकप पूर्वेली युवा क्लबको सदस्यको रुपमा रहने बताए ।
यसैबीच, पूर्वेली युवा क्लबका दसजनाभन्दा बढी पदाधिकारीहरु झापा गोल्डकपको सदस्य बनेका छन् ।