२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड सरसफाइ


बिर्तामोड, फागुन १७ । नेपाल आइस पाँचौँ झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड बजार क्षेत्रको सरसफाइ गरिएको छ ।

गोल्ड कपको तयारी तीव्र भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वीरता जेसीज, झापा गोल्ड कप तथा पूर्वेली युवा क्लबको संयुक्त आयोजनामा सरफसाइ गरिएको वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले जानकारी दिए ।

महाशिवरात्रीको अवसर पारेर गरिएको सरसफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका साथै जेसीजका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्त मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा श्री नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फणिन्द्र थापा, बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आर्चाय, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, वीरता जेसीजका पूर्वअध्यक्षहरु मिजास पोखरेल, शेखर ढकाल, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाईं, बिर्तामोड–५ का वडासदस्य डिआर कडरिया, पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरी, निरकार सरसफाइका अध्यक्ष रविन भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका कोषध्यक्ष दिपेन्द्र राउत, जनरल इन्सोरेन्स बिर्तामोडका म्यानेजर राजेशद्रोण भट्टराई र सरसफाइ अभियान्ता विष्णु आर्चायलगायतको सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रमका संयोजक प्रवेश बस्नेतले स्वागत गरेको कार्यक्रममा जेसीज आस्था विकास बस्नेतले वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव टिकाराम खतिवडाले गरेका थिए । बिर्तामोडको फोहोर व्यवस्थापनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । फोहोरको दिगो व्यवस्थापन नहुँदा यत्रतत्र फोहोर फ्याँक्ने हुँदा विभिन्न अवसरहरुमा सामाजिक संघसंस्थाले सरसफाइ कार्यक्रम गर्दै आएका छन् ।

झापा गोल्ड कप हेर्न आउने दर्शक तथा आमन्त्रित खेलाडीहरुलाई बिर्तामोडको सुन्दरता प्रदर्शन गर्ने हेतुले बजार सरसफाइ कार्यक्रमलाई अघि सारेको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer