२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड ५ मा आत्मरक्षा तालिम सम्पन्न



बिर्तामोड, फागुन २४ । बिर्तामोड नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिको आयोजना महिलाका लागि निःशुल्क आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

तालिमअन्तर्गत ५० जना महिलालाई एक सातासम्म निःशुल्क आत्मरक्षा सम्बन्धी दिइएको थियो ।

त्यस्तै, दोस्रो एक दिने महिला तथा पुरुष भलिबल प्रतियोगिताको समापन गरिएको छ । भलिबल प्रतियोगितामा महिलातर्फको मैत्रीपूर्ण खेलमा किरात चोकको महिला टिम विजयी भएको छ । देवी क्याम्पस उपविजेता बनेको छ ।

पुरुषतर्फ न्युटन्स स्कुल ए विजेता भएको थियो भने उपविजेता सब्बा चोक बी बन्यो । पुरुषतर्फ विजेताले १० हजार र उपविजेताले छ हजार रुपैयाँ प्राप्त गरेको सचिव विशाल अग्रवालले बताए ।

समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षतामा तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिर्तामोड वडा नम्बर ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य डिआर कडरियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer