२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा


बिर्तामोड फागुन २७ । त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए । आर्मीका लागि सुरुवाती दुई गोलमा सन्तोष भूमिका रह्यो । पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मीले ३ गोल थपेको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा सुमन आर्यालको गोलबाट आर्मीले २७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । सन्तोषको फ्रिकिकलाई सुमनले पोष्ट नजिकबाट गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुशिल राईले पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।

दोस्रो हाफमा आक्रमणलाई तेज बनाएको आर्मीका लागि ५९ औं मिनेटमा सन्तोषले गोल गरेका थिए । टंक बस्नेतले पेनाल्टी बक्समा दिएको पासमा सन्तोषले गोल गरेका हुन् । टेकबहादुरले ३ मिनेटको फरकमा दुई गोल गर्दै आर्मीको जितलाई सहज बनाएका थिए ।

८० औं मिनेटमा टेकबहादुरले व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे । युद्ध शाहीको फ्रिकिकमा नवयुग श्रेष्ठ फ्लिक हेडर गरेपछि टेकबहादुर गोल गरेका हुन् । ८३ औं मिनेटमा कमल थापाको पासमा टेकबहादुरले अर्को गोल थपेका थिए ।

यसै महिना सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा आर्मी र सातदोबाटोले १–१ को बराबरी खेलेको थियो ।आर्मीले दोस्रो र पहिलो पटक ए डिजिभ लिग खेलेको सातदोबाटो चौथो स्थानमा यसपटकको लिगको अन्त्य गरेको थियो । आर्मील सोमबार हुने फाइनलमा झापा ११ वा संकटा क्लबमध्ये एक टोलीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer