२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विमलको गोलमा झापा ११ लाई अग्रता


बिर्तामोड, फागुन २८ । घरेलु टोली झापा ११ ले झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा अग्रता लिएको छ । बार्तामोडस्थित डोमालाल राजवंशीमा शनिबार जारी संकटा क्लबविरुद्धका खेलमा विमल घर्तीमगरको गोलबाट झापा ११ ले अग्रता बनाएको हो ।

१६ औं मिनेटमा एन्द्रियसको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँदै गोल गरेका थिए । मछिन्द्र फुटबल क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलकपबाट बाहिरिएपछि विमललगायत विशाल राई, देवेन्द्र तामाङ झापा ११ बाट खेलिरहेका छन् ।

आजको खेलको विजेताले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो । फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer