२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दमक गोल्ड कपः बागमती अन्तिम आठमा


बिर्तामोड, चैत ९ । आयोजक दमक–११ लाई दमक गोल्ड कपको उद्घाटन खेलमा हराउँदै बागमती युथ क्लब सर्लाही क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वार्टर फाइनलको यात्र तय गरेको हो ।

दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप आजबाट सुरु भएको हो ।

बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमाउलमाथि डिबक्समा फाउल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले पहिलो खेलमा विजयी सुरुवात गरेको हो ।

घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, स्कोर निकाल्न नसक्दा दमक पराजित हुन पुग्यो ।
बुधबारको खेलको म्यान अफ द म्याच विजयी टोली बागमतीका गोलरक्षक मनोज प्रधान भए । उनले दस हजार नगद पुरस्कार पाए । बुधबारबाट सुरु भएको प्रतियोगितामा चारवटा विदेशी टोलीसहित दस टोलीको सहभागिता छ ।

बिहीबारको खेल दुर्गापुर सन्डे कोलाकाता र गोर्खा ब्याइज रुपन्देहीबीच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरेका थिए । १८ गतेसम्म चल्ने प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer