२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

साफको चुनावी साधराणसभा जुन २५ मा


बिर्तामोड, चैत ११ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को केन्द्रिय कमिटी बैठकले यसै वर्षको जुन २५ मा बंगलादेशको ढाकामा चुनावी साधरणसभा गर्ने निर्णय गरेको छ । 

जसअन्तर्गत साफका अध्यक्ष, दुई उपाध्यक्ष, दुई केन्द्रिय सदस्य र एक महिला केन्द्रिय सदस्यका लागि निर्वाचन हुनेछ । त्यस्तै, ;साेही बेला एएफसीको केन्द्रिय कमिटीमा प्रतिनिधित्व एक सदस्यका लागि पनि निर्वाचन हुनेछ । सबै पदको अवधी चार वर्षको रहनेछ । 

‘चुनावका लागि सदस्य राष्ट्रले सबै पदमा एक जना उम्मेद्वार पठाउने पाउनेछन् । कुनै पनि पदमा सदस्य राष्ट्रले एक भन्दा बढी उम्मेद्वारी दिएमा सो उम्मेद्वारी स्वतः अयोग्य घोषित हुनेछ’, साफले सम्बन्धित राष्ट्रका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ,’ ‘साफको केन्द्रिय कमिटीमा एकै राष्ट्रका एक भन्दा बढी प्रतिनिधीले समेत प्रतिनिधित्व गर्न पाउने छैनन् ।’

अध्यक्ष पदको उम्मेद्वारीका लागि सो उम्मेद्वारलाई कम्तीमा दुई सदस्य राष्ट्रले समर्थन गर्नु पर्नेछ । उपाध्यक्ष पदका लागि भने सम्बन्धित फुटबल संघले सिफारिस गरेको हुनुपर्नेछ । 

चुनावी साधरणसभामा एक सदस्य राष्ट्रबाट दुई प्रतिनिभि सहभागी हुन पाउने भए पनि एक जना प्रतिनिधिलाई मात्र मताधिकार रहनेछ ।

-खेलाडीबाट साभार

Adv footer