२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दमक गोल्ड कपः मनाङ फाइनलमा


बिर्तामोड, चैत १५ । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।

मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९ औँ मिनेटमा गोल गरेका थिए । ओलावलेले गरेको गोल नै निर्णायक भयो ।

खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दस हजार पुरस्कार पाए । म्यान अफ दि म्याचको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer