२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेप्लिज टिन्सद्वारा गायन रियालिटी शोका फाइनलिस्टलाई सम्मान


बिर्तामोड, चैत २० । किशोर तथा युवाहरुको लोकप्रिय सामाजिक संस्था नेप्लिज टिन्सले गायन रियालिटी शोका झापाली फाइनलिस्टहरुलाई सम्मान गरेको छ ।

एक कार्यक्रमका बीच बिर्तामोडमा उनीहरुलाई सम्मान गरिएको संस्थापक अध्यक्ष मनिष बस्नेतले जानकारी दिए । उनका अनुसार फाइनलमा पुगेका छजना झापाली प्रतिभाहरुलाई सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा नेपाल आइडल सिजन ४ का फस्ट रनरअप बिर्तामोड–७ का २० वर्षीय नामग्येल तामाङ, सारेगमप लिटल च्याम्प्स नेपालको पहिलो सिजनकी विजेता बिर्तामोड–२ चारपानेकी १४ वर्षीया कृपा पौडेल र फस्ट रनरअप मेचीनगर–८ की १४ वर्षीया रोशा फुयल रहेका छन् ।

त्यस्तै, द भ्वाइस किड्स सिजन १ का विजेता अर्जुनधारा–११ बसपार्कका ११ वर्षीय जेनिश उप्रेती, मेचीनगर–१३ चारआलीकी ९ वर्षीया रुक्साना लिम्बू र बिर्तामोड–१ की ९ वर्षीया अनुजा कडरियालाई सम्मान गरिएको अध्यक्ष बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer