२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दुई वर्षपछि बैशाख १० मा बस्दै राखेप बोर्ड बैठक


बिर्तामोड, बैशाख ३ । दुई वर्षपछि पहिलोपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक यसै साता बस्ने भएको छ ।

नेपाली खेलकुदको नियामक निकाय राखेप बोर्डको बैठक २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागु भएयता बस्न सकेका छैन । बैठक बस्न नसक्दा राखेप नेतृत्वको आलोचना भइरहेको थियो ।

तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

ऐन लागु भएको झन्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन मन्त्रालयमा पत्राचार गरिएको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘परिषद्को बैठक बैशाख १० गतेभित्र राख्न माननीय मन्त्रीसमक्ष प्रस्ताव गरिसकेको छु ।’

मन्त्रीको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer