२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शंकराचार्य स्वामी निश्चलाचन्द्र झापा आउने


बिर्तामोड, बैशाख ६ । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट एकजना प्रसिद्ध जगतगुरु शंकराचार्यस्वामी झापा आउने भएका छन् । उनी झापामा पहिलोपटक आउन लागेका हुन् ।

अनन्त विभूषित जगतगुरु शंकराचार्य स्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने पक्का भएको स्वागत समारोह आयोजक मुल समितिका संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए ।

बैशाख ७ गते जगतगुरु शंकराचार्य झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

बैशाख ७ गते चारपानेमा रहेको साङ्गवेद संस्कृत विद्यालयमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हिन्दू सनातन धर्मका सर्वाेच्च विद्धान एवम् साहित्यकार, विचारकका रुपमा समेत परिचित उनी झापा आउनु नै महत्वपूर्ण रहेको नेपाल सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले जानकारी दिए ।

आध्यात्मिक र धार्मिक क्षेत्रमा जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजीको स्थान विश्वमै उच्च रहेको गौतमले बताए ।


शंकराचार्य स्वामीको नेपाल आगमनको मुल उद्देश्य आध्यात्मिक ज्ञानको प्रचार र धार्मिक जागरण ल्याउने रहेको संयोजक अग्रवालले बताए ।

निश्चलाचन्द्र सरस्वती महाराजजीको आगनका लागि स्वागातार्थ अहिले सम्पूर्ण तयारी पूरा गरिएको र उनको दर्शनसहित आशीर्वचन र आध्यात्मिक ज्ञान प्राप्त गर्दै लाभ उठाउन आयोजक समितिका कोषाध्यक्ष कुमार भट्टराईले आग्रह गरेका छन् ।

Adv block_7_1

दुई सयभन्दा बढी आध्यात्मिक पुस्तक कृतिका रचयिता धर्मगुरुको झापा बसाई दुई दिन रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा संगोजक अग्रवालसहित सहसंयोजक हनुमान मित्तल, राजकुमार गुप्ता, पार्वता खरेल बिमली, सचिव देवी घिमिरे, कोषाध्यक्ष कुमार भट्टराई, सदस्यहरु मदनगोपाल सुब्बा, चन्द्रप्रकाश गिरी, सल्लाहकार हर्कलाल गिरी लयायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer